नेपाली गीति भिडियो टिकुली ट्याक सार्वजनिक

नेपाली गीति भिडियो टिकुली ट्याक सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

नेपाली गीति भिडियो टिकुली ट्याक सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच भिडियो सार्वजनिक भएको हो । 

गायक नविनकिशोर राईको शब्दरचना रहेको गीतको भिडियोमा हरिष निरौला (क्रकोच), प्रियना आचार्य (मुन्नी), पुष्पराज ओझा, तुलसी घिमिरे, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । रमेश प्रसाईंले गीतमा स्वर दिएका हुन् भने गीतको भिडियोको निर्देशन दीपक आचार्यले गरेका हुन् । 

कार्यक्रममा बोल्दै कलाकार दीपक आचार्य (काकु) ले पुराना सर्जकलाई नयाँ पुस्तामाझ चिनाउने कोशिस अनुसार गीत ल्याएको बताए । उनले पुरानो समयमा माया प्रेम कस्तो हुन्छ भन्ने रहर जागेर सोही अनुसारको खोजि गरी भिडियो सम्पादन गरेको उल्लेख गरे । 

त्यस्तै, कलाकार हरिष निरौला (क्रकोच) ले अन्य म्युजिक भिडियो भन्दा आफ्ना लागि यो भिडियो धेरै फरक रहेको महशुस गरेको बताए । साथै कलाकार प्रियना आचार्य (मुन्नी)ले राम्रो टिमसँग राम्रोसँग काम गरेको बताइन् । 
 
वरिष्ठ गायक नविनकिशोर राईले आफूले लामो समय हिँडेर गीतहरु खोजी रचना गरेको आफ्नो विगतको अनुभव सुनाए । 

म्युजिक भिडियो संखुवासभा, धनकुटा, तेह्रथुम गरी तीन जिल्ल्लामा छायांकन भएको हो । भिडियोमा गाउँ घरका कथावस्तु र पात्रहरुको अभिनयलाई ज्वलन्त प्रस्तुत गरिएको छ । 

Logo