कलाकार रियाशा र भिक्टर बाँधिए वैवाहिक बन्धनमा

कलाकार रियाशा र भिक्टर बाँधिए वैवाहिक बन्धनमा

केन्द्रबिन्दु
0
Shares

चर्चित कलाकार रियाशा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल (रुटिने) विवाह बन्धनमा बाँधिएका छन् । 

बुधबार उनीहरूले भक्तपुर सूर्यविनायकस्थित एक रिसोर्टमा विवाह गरेका हुन् । भक्तपुरको सूर्यविनायक निवासी रियाशा र गोलढुंगा निवासी भिक्टर करिब तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । 

वैवाहिक समारोहमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलगायतको उपस्थिति थियो । 

Logo