भारतीय अभिनेता आदित्य सिंह राजपूत मृत भेटिए

भारतीय अभिनेता आदित्य सिंह राजपूत मृत भेटिए

केन्द्रबिन्दु
0
Shares

भारतीय अभिनेता, मोडल तथा कास्टिङ डिरेक्टर आदित्य सिंह राजपूत मृत भेटिएका छन्।

‘मैंने गान्धीको नहीँ मारा’ र ‘क्रान्तिवीर’ जस्ता फिल्मका अभिनेता आदित्य मुम्बईको अँधेरीस्थित घरको बाथरुममा मृत भेटिएका हुन्। यद्यपि उनको मृत्युको कारण के हो भन्ने हालसम्म खुल्न सकेको छैन।

आदित्यका साथी र भवनको सुरक्षागार्डले आदित्यलाई तुरुन्त अस्पताल पुर्‍याए पनि डाक्टरले उनलाई बचाउन सकेनन्। प्रहरीले आदित्यको निधनको कारण लागुऔषधको ओभरडोज हुनसक्ने अनुमान लगाएको छ। यद्यपि प्रहरी यो मामलामा अनुसन्धानमा जुटेको छ।

आदित्यको निधनपछि फिल्म जगतमा सन्नाटा छाएको छ। आदित्यले रियालिटी शो ‘स्प्लिटस्विला’मा पनि आफ्नो उपस्थिति जनाइसकेका छन्। उनले करिब ३ सय बढी विज्ञापनमा काम गरेका छन्। 

आदित्यले १७ वर्षको उमेरमा मनोरञ्जन क्षेत्रमा करियर सुरु गरेका थिए। उनी केही समय यता एक प्रोडक्सन हाउसमा जोडिएका थिए र कास्टिङको काममा बढी ध्यान दिइरहेका थिए। उनी अधिकांश समय पेज थ्री इभेन्टमा देखिन्थे ।

Skip This
Skip This
Logo