जुनियर एनटिआर र रामचरणसँग सहकार्य चाहन्छन् क्रिस हेम्सवर्थ

जुनियर एनटिआर र रामचरणसँग सहकार्य चाहन्छन् क्रिस हेम्सवर्थ

केन्द्रबिन्दु
0
Shares

मार्बल सिनेम्याटिक युनिभर्समा ‘थोर’ बनेर सबैका मन जितेका अष्ट्रलियाली अभिनेता क्रिस हेम्सवर्थले ‘आरआरआर’ अभिनेता जुनियर एनटीआर र रामचरणसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन्।

हाल ‘एक्सट्रेक्सन २’को प्रचारमा व्यस्त क्रिसले एसएस राजामौलीको फिल्म ‘आरआरआर’ हेरेपछि दुई अभिनेतासँग सहकार्यको चाहना व्यक्त गरेका हुन्। ‘हालैमात्र मैले आरआरआर हेरेँ। मलाई लाग्छ कि यो फिल्म अविश्वसनीय थियो। मलाई यो कुराको दुःख छ कि मलाई दुवै अभिनेताको नाम थाहा छैन। उनीहरु कमालका थिए। उनीहरुसँग अभिनय गर्ने मौका पाए म आफूलाई भाग्यमानी सम्झन्थेँ’,उनले भनेका छन्।

क्रिस अघि ‘गार्डियन अफ ग्यालेक्सी’का निर्देशक र डिसी स्टुडियोका सहअध्यक्ष जेम्स गुनले पनि जुनियर एनटीआरसँग सहकार्य गर्न चाहेको बताएका थिए ।

‘आरआरआर’ गत वर्षको ब्लकबस्टर फिल्ममध्येमा पर्दछ। फिल्मले‘गोल्डन ग्लोब’ र ‘ओस्कार’दुवैमा‘बेस्ट ओरिजनल सङ’को अवार्ड जितेको थियो। फिल्ममा अजय देवगन र आलिया भट्टको पनि अभिनय थियो।

Logo