३० रुपैयाँमा शाहरुखको फिल्म !

३० रुपैयाँमा शाहरुखको फिल्म !

केन्द्रबिन्दु
0
Shares

मुम्बईको प्रख्यात मराठा मन्दिर सिनेमामा आज पनि दर्शकका लागि उनीहरुले मनपराएका कलाकारको फिल्म देखाइने गरिन्छ। ‘मुगल–ए–आजम’ देखि लिएर ‘दिलवाले दुल्हनिया ले जाएंगे’जस्ता आइकोनिक फिल्म हेर्न यहाँ दर्शकको भीड नै लाग्छ। 

मराठा मन्दिर सिनेमा र जी ७ मल्टिप्लेक्सका कार्यकारी निर्देशक मनोज देसाईका अनुसार यहाँ ‘मुगल-ए-आजम’ १७ वर्षसम्म प्रदर्शन भएको थियो । त्यसपछि शाहरुखको फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ २८ वर्षसम्म प्रदर्शन भयो ।

यहाँ यी फिल्म आज पनि देखाइन्छ।यी फिल्मको टिकट ३० रुपैयाँ राखिएको छ। यहाँ हरेक आइतबार यी फिल्ममा हाउसफूल दर्शक हुन्छन्।

Logo