९ पेगमा जावेदले लेखेका थिए – ‘तुमको देखा तो ये ख्याल आया..’

९ पेगमा जावेदले लेखेका थिए – ‘तुमको देखा तो ये ख्याल आया..’

केन्द्रबिन्दु
0
Shares

गीतकार तथा लेखक जावेद अख्तर बलिउडमा चिनाइरहनु पर्ने नाम होइन । हालैमात्र उनले कैयौं फिल्मको गीत १० मिनेट भित्र लेखेको बताएका छन् ।

उनले फिल्म ‘साथ–साथ’ को गीत ‘तुमको देखा तो ये ख्याल आया’ ९ मिनेटमा लेखेर तयार पारेको खुलाएका छन् । जावेदका अनुसार उनले ८ देखि ९ पेग मदिरा पिएपछि उनले यो गीत तयार पारेका थिए । हालै कोलकाताको एक कार्यक्रममा पुगेका उनले गीत लेखन बारेका कुरा सुनाएका थिए । ‘मैले १० मिनेट भित्र केही गीत लेखेको छु । सिलसिलापछि यश चोपडाका सहायक मेरो नजिक आए । उनले मलाई आफ्नो फिल्मको लागि गीत लेख्न अनुरोध गरे ।

उनीसँग पैसा थिएन तर मैले प्रस्ताव स्वीकारें । मैले गीत लेखें, तर सित्तैमा काम गरिरहेकोले गीत पनि अपुरो रह्यो । उनी जहिल्यै बेलुका आउँथे र गीत माग्थे । त्यो समयमा म मदिरा पिउँथे’, उनले भनेका छन् । उनका अनुसार ती निर्देशक र जावेद जहिल्यै बेलुका मदिरा पिएर गफमा भुलिन्थे । ‘हरेक रातीको दुई बजे भोलि गीत पुरा गर्ने सहमति हुन्थ्यो । म ढिलो गर्थे । फेरी एकपटक उसले सोध्यो । त्यो आधा रातको समय थियो । ८ देखि ९ पेग पछि मैले कागज र कलम मागें । मैले त्यो गीत तुरुन्तै पुरा गर्ने निर्णय लिएँ’, जावेद सम्झन्छन् ।

‘मलाई थाहा छ कि मैले यो गीत ९ मिनेटमा लेखें । किनकी गीत लेखाउने व्यक्तिले ९ बजेट ट्रेन समात्नुपर्ने थियो । यसकारण ऊ आफ्नो घडी हेरिरहेको थियो । मैले गीत ९ मिनेटमा पुरा गरें र उसलाई दिएँ । जगजीत सिंहले गीत गाए, त्यो गीत थियो, ‘तुमको देखा तो ये ख्याल आया’ । यो गीत शायद राती १२ः३० बजे लेखेको थिएँ’, जावेद भन्छन् । फिल्म ‘साथ–साथ’मा फारुख शेख, दीप्ति नवल, सतीश शाह र नीना गुप्ताको अभिनय थियो ।

Logo