‘कफी विद करण’मा आउँदै शाहरुख र आर्यन

‘कफी विद करण’मा आउँदै शाहरुख र आर्यन

केन्द्रबिन्दु
0
Shares

बलिउड निर्माता तथा निर्देशक करण जोहर नयाँ फिल्म ‘रकी और रानीकी प्रेम कहानी’बाट चर्चामा छन्।

उनी चाँडै नै आफ्नो लोकप्रिय टेलिभिजन शो ‘कफी विद करण’को आठौं सिजन पनि दर्शकका लागि ल्याउँदैछन्। आफ्नो शोमा प्राय सेलिब्रेटीलाई पाहुनाका रुपमा बोलाउने करणले यसपटक भने अभिनेता शाहरुख खान र उनका छोरा आर्यन खानलाई पाहुनाका रुपमा स्वागत गर्दैछन्।

‘कफी विद करण ८’ आगामी अगष्ट या सेप्टेम्बरमा रिलिज हुने तयारीमा छ। अघिल्लो संस्करणमा शाहरुख आउने चर्चा चले पनि त्यो समयमा उनी ‘पठान’को सुटिङमा व्यस्त रहेकाले समय छुट्याउन सकेका थिएनन्। आर्यन यतिबेला वेब सिरिज ‘स्टारडम’का साथ आफ्नो निर्देशन करियर सुरुवात गर्ने तयारीमा छन्।

वेब सिरिजमा व्यस्त भइरहँदा करणको शोमा आउनु उनको करियरलाई बढावा दिनका लागि एउटा आदर्श लन्चपेड मानिएको छ।

Skip This
Skip This
Logo