सिनेमामा फरक फरक भूमिका गरिसकेकी हुमा कुरैशीलाई परिचयको आवश्यकता छैन। उनी झण्डै एक दशकदेखि सक्रिय छन् र धेरै यस्ता भूमिकाहरू गरेका छन् जसले गूजबम्प दिए। हुमा यतिबेला आफ्नो फिल्म ‘तरला’ लाई लिएर चर्चामा छिन्।
यस फिल्मको प्रमोशनका क्रममा हुमाले हालै एक अन्तर्वार्तामा धेरै प्रश्नको जवाफ दिइन्। यसै क्रममा हुमालाई जब उनले उद्योगमा धर्मको आधारमा भेदभाव गरेको देखिएकाे छ भनी सोधिएकाे थियाे।
यो अन्तर्वार्तामा हुमा कुरैशीलाई सोधिएको थियो कि उनको धर्मलाई लिएर सिनेमा जगतमा उनीमाथि कुनै प्रकारको भेदभाव भएको त छैन? जवाफमा हुमाले भनिन्– ‘बलिउड धेरै सेक्युलर छ। मैले यहाँ महिला वा मुस्लिम भएको कारणले कहिल्यै कुनै स्टिरियोटाइपको सामना गरेको छैन। म मुस्लिम हुँ भन्ने कुरा कहिल्यै आएन, त्यसैले मेरो नाम सुन्नेबित्तिकै मलाई कुनै फिल्ममा काम दिइयो, कुनैमा दिइएन भन्ने छैन।'
यससँगै हुमा कुरैशीले भनिन्– ‘यदि मेरो व्यक्तिगत अनुभवको कुरा गर्छु भने म दिल्लीकी बासिन्दा हुँ। मुस्लिम परिवारमा जन्मिए। तर उनी जहाँ बस्थे,उनको वरिपरि सबै पञ्जाबी थिए। त्यसैले मेरो मन पंजाबी र रगत मुस्लिमको हो। मैले घरमा हिन्दू-मुस्लिम चीजहरू देखेको छैन,न त म बसेको ठाउँमा देखेको छु।मुम्बई सर्दा पनि धर्मको आधारमा भेदभाव गरिएको थिएन।'
भारतमा मुस्लिमहरुको अधिकार सुरक्षित छ कि छैन? यो प्रश्न सोध्नु कत्तिको सही हो…यस प्रश्नको जवाफ दिँदै हुमा कुरैशीले भनिन्-'यदि मैले आफ्नो अनुभवको कुरा गर्छु भने म त्यस्तो परिवारबाट आएको छु जहाँ मैले आफ्नो परिवारसँग सुरक्षित महसुस गरेकी छु। तर यो प्रश्न सोध्नु पर्छ र हरेक सरकारले यसको जवाफ दिनुपर्छ।'































प्रतिक्रिया