सत्य स्वरुपकाे सुमधुर स्वरमा ‘अब तिम्लाई कहाँ छोडम्ला’ [भिडियाे]

सत्य स्वरुपकाे सुमधुर स्वरमा ‘अब तिम्लाई कहाँ छोडम्ला’ [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

गायक तथा संगीतकार दाजुभाइ सत्यराज र स्वरुपराज आचार्यको स्वरमा ‘अब तिमलाई कहाँ छोडम्ला’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सत्य स्वरुपलाई गायिका जिना रसाइलीले साथ दिएकी छन् ।

गीतमा श्रीकृष्ण बम मल्लले शब्द,संगीत सृजना गरेका छन्‌ भने कृष्ण भान्जाको संगीत संयोजन, श्यामश्चेत रसाइलीको मिक्सिङ्ग मास्टरिङ्ग रहेको छ ।  

शिव विकको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोमा अभिनेता सुनिल थापा, अभिनेत्री शर्मिला मल्ल, रामचन्द्र अधिकारी, नायक पुष्प खड्का, कृण्ण सुनार, नायिका बर्षा राउत फिचर्ड छन्। सौरभ लामाको छायांकन रहेको उक्त भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका हुन् । 

सुगम संगीतका हस्ति मानिएका सत्य स्वरूपको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको यस गीतले निकै राम्रो चर्चा बटुलेको छ । गीतको भिडियोलाई एकदिनमै एक लाख २० हजार बढीले हेरिसकेका छन् ।  

 

Skip This
Skip This
Logo