१८ वर्षअघिको गीत ‘बादल, वर्षा, बिजुली’काे रिमेक सार्वजनिक

१८ वर्षअघिको गीत ‘बादल, वर्षा, बिजुली’काे रिमेक सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

टिकटकमा अहिले ‘बादल, वर्षा, बिजुली’ बोलको गीत भाइरल भइरहेको छ । १८ वर्षअघिको गीत कर्तव्य फिल्ममा रहेको 'बादल, वर्षा, बिजुली' बोलको गीत पछिल्लो समय टिकटकमा भाईरल भएको छ । 

गितकार करुण थापा र संगितकार सचिन सिंहको संगित रहेको उक्त गीतमा आनन्द कार्की र प्राश्रा शाक्यको स्वर रहेको छ । गीतको शव्द पुरानै भए पनि त्यसलाई नयाँ ढंगले प्रस्तुत गरिएको छ । 

जमलको विश्वज्योति हलमा एक कार्यक्रमबीच उक्त गीत सार्वजनिक गरिएको थियो । उक्त म्युजिक भिडियो सोमबार नै युटुबमा रिलिज गरिएको छ । पछिल्लोसमय टिकटक निकै चर्चित भएपछि टिकटकलाई मिल्ने गरी उक्त गीत रिमेक गरिएको गितकार थापाको भनाइ छ ।

Logo