टाइगर-३ मा कट्रिनाले लिइन् सबैभन्दा महंगो पारिश्रमिक

टाइगर-३ मा कट्रिनाले लिइन् सबैभन्दा महंगो पारिश्रमिक

केन्द्रबिन्दु
0
Shares

कट्रिना कैफको अन्तिम ब्लकबस्टर फिल्म टाइगर जिन्दा हे २०१७ मा आएको थियो। तर, त्यसपछि उनको करियरले गति लियो।

गत २०२१ मा अक्षय कुमारसँग कट्रिनालाई रुचाइएको थियो तर उनका अघिल्ला पाँचमध्ये चार फिल्मले बक्स अफिसमा राम्रो गर्न सकेनन्। यति हुँदाहुँदै पनि टाइगर ३ मा क्याट्रिनाको पारिश्रमिक देखेर तपाई छक्क पर्नुहुनेछ। 

यो फिल्मबाट कटरिना पुरै विश्वस्त पनि छिन्। उनले ४० वर्षको उमेर पार गरिसकेकी छिन् र उनको करियरको अधिकांश हिस्सा खान जस्ता स्टारहरु वा ठूला स्टारका फिल्महरूमा काम गरेकी छिन्। जबकि बलिउडका ठूला स्टारहरू नयाँ र कम उमेरका नायिकाहरुसँग काम गर्ने गरेको रेकर्ड छ। तर,पनि ४० पुग्दा पनि उनी स्टारहरुसँगै नै काम गरिरहेकी छिन्। 

दिपावालीमा रिलिज हुन लागेको टाइगर ३ को दर्शकले प्रतिक्षा गरिरहेका छन्। फिल्ममा सलमान खान छन् र उनका यस अघिका धेरै फिल्म फ्लप थिए, अब उनको आशा पनि यही फिल्ममा टिकेको छ। निर्देशक मनीष शर्माको फिल्ममा कट्रिनाले पाकिस्तानी एजेन्ट जोयाको भूमिका निभाएकी थिइन्। टाइगर सिरिजको यो तेस्रो फिल्म हो।

स्टार पावर र टाइगर फ्रेन्चाइजका अघिल्ला दुई किस्ताको शानदार सफलताका कारण फिल्म व्यापारले पनि यसलाई आशावादी आँखाले हेरिरहेको छ। स्टारका लागि पछिल्लो तीन वर्ष राम्रो रहेन। यस्तो अवस्थामा तमार स्टारहरुले कम फिमा पनि फिल्ममा काम गर्नुपर्ने माग उठेको छ।

कट्रिना कैफले यहाँ कम काम गरे पनि टाइगर ३ ले एक्सन प्याक भूमिकामा छाप छोड्ने विज्ञहरुको विश्वास छ। फिल्मलाई यशराज फिल्म्सले निर्माण गरेको हो। कट्रिनाको पारिश्रमिकको आधिकारिक जानकारी नदिईए पनि आईएमडीबीको रिपोर्ट अनुसार उनले टाइगरका प्रत्येक परियोजनावाट १५ करोड देखि २१ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएको जनाइएको छ।

त्यसैले टाइगर ३ को लागि उनले आफुले तोकेको शुल्क नै लिएको विज्ञहरु बताउँछन्। उनले सबैभन्दा महंगो पारिश्रमिक लिएको मिडिया रिर्पोटमा उल्लेख छ। टाइगर ३ नोभेम्बर १० मा दीपावलीको अवसरमा हलमा रिलिज हुँदैछ।

Logo