फिल्म ‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक [भिडियाे]

फिल्म ‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

फिल्म ‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक भएको छ । भदौ २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको सोमबार टिजर सार्वजनिक गरिएको हो । 

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्मको टिजरमा राजनीतिक परिवेशलाई उठान गरिएको छ । एक इमानदार शिक्षक कसरी राजनीतिज्ञ बन्छ भन्ने कथा २ मिनेट ४५ सेकेण्डकाे टिजरमा देख्न सकिन्छ ।

फिल्ममा दयाहाङ राई, मिरुना मगरसहित शिशिर वाङ्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, कमलमणी नेपाल, रविन्द्र झा, बुद्धि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्कालगायतको अभिनय रहेको छ । 

जय श्रेष्ठको लगानीमा तयार भएको यस फिल्मको प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन, एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।

 

Logo