गायक एवं सर्जक सुजन बराइलीको तीजको गीत ‘तीजको बेलामा’ सार्वजनिक भएको छ। महिलाको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा उक्त तीज बजारमा आएको हो ।
गीतमा सुजन बराइली र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ। शब्द र सङ्गीत गायक बराइलीकै रहेको छ। कुमार केसीको निर्देशन रहेको उक्त गीतमा प्रशान्त मगरको कोरियोग्राफी,दीपक गिरीको छायाँङ्कन र अमृत चापागाईँको सम्पादन रहेको छ। गीतमा निक्स शर्मा र रुविना अधिकारीले अभिनय गरेकी छिन्।
गायक बराइलीले यसअघि ‘मल्लाज दरबार’,‘जिउन सिकायो’,‘मेरो प्यारो मल्लाज गाउँ’, ‘तीजको बो नाच बरिलै’, ‘विश्वकर्मा बाबा’,‘पर्वते ठिटो’,‘मायामा भुलियो’, ‘बोलाइ पासो भो’, ‘सालैजो’, ‘अन्त नजर लाउन छोड्ने छु’ र ‘शोकले मरिन्छ कि भोकले’लगायत लोकदोहोरी र भजन गीत सार्वजनिक गरिसकेका छन् ।





























प्रतिक्रिया