गीतकार उपाध्यायका दुई गीत एकसाथ सार्वजनिक [भिडियाे]

गीतकार उपाध्यायका दुई गीत एकसाथ सार्वजनिक [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

गीतकार बैकुण्ठ प्रसाद उपाध्यायको ‘छाति किन पोल्छ’र ‘मैले दिएको चोखो मायाँ’बोलका दुई गीतका म्यूजिक भिडियो एकसाथ सार्वजनिक गरिएको छ। 

बिहीवार जमलस्थित विश्व ज्योती सिने प्लेक्समा आयोजित प्रिमियर शोमा वरिष्ठ गीतकार राजेन्द्र थापा, हास्य कलाकार सन्तोष पन्त तथा संचारकर्मी प्रकाश सायमीले संयुक्तरुपमा म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । 

उपाध्यायकै शब्दमा सिर्जना भएको ‘छाति किन पोल्छ’ गीतमा स्वरुपराज आचार्यकोस्वर तथा नारायण लामाको संगीत सुन्न सकिन्छ । सो गीतमा नायीका केकी अधिकारी र सराज गराचको मुख्य अभिनय छ । 

कार्यक्रममा हास्य कलाकार सन्तोष पन्तले गीतमा शब्द संगीत राम्रो रहेको भन्दै प्रशंसा गरे । साथै सबै टिमको मेहनेत अनुसारको राम्रो भिडियो बनेको उनको टिप्पणी छ । 

त्यस्तै, वरिष्ठ गीतकार राजेन्द्र थापाले गीत सुन्नकै लागि भएको भन्दै हेर्नका लागि भन्दै गीतको मर्मलाई कम ध्यान दिइएको भन्दै सच्याउनु पर्ने बताए । पछिल्लो समय गीतलाई सुन्न भन्दा पनि हेर्न भन्ने गरिएको भन्दै उनले त्यसतर्फ सचेत बन्न सुझाए । 

संचारकर्मी प्रकाश सायमीले नेपाली गीतको श्रीवृद्धिका लागि गुणस्तरीय गीत बजार आउनु पर्ने आवश्यकता औंल्याए । 

Logo