अन्जुको ‘तीजको लहर’मा दीपाश्रीको नृत्य

अन्जुको ‘तीजको लहर’मा दीपाश्रीको नृत्य

केन्द्रबिन्दु
0
Shares

गायिका अन्जु श्रेष्ठले हरेक वर्ष तीजको गीत लिएर आउने गर्छिन्। यसपटक पनि उनले तीजको लहर लिएर आएकी छन्। विगत ६ र ७ वर्षदेखि उनी नियमित रुपमा तीज गीत लिएर आउने गरेकी छन्।

अन्जुले यस वर्ष  तीजको युगल गीत बनाएकी छन्। विगतका वर्षहरुमा एकल स्वर लिएर आउने गरेकी अन्जुले यसपटक बिना भट्टराईलाई पनि साथ लिएकी छन्। 

यसपटकको तीज गीतमा आफ्नो स्वर दिनुका साथै बिना भट्टराईले शब्द पनि लेखेकी छन्। संगीत भने मीन गुरुङले गरेका छन्। गीतमा एरेन्ज भने सुदिप सागरले गरेका छन्। गीतको मिक्सिङ एवं मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन्।

गीतको भिडियोमा मुख्य फिचरिङ दीपाश्री निरौला भएकी छिन् भने स्वयं अन्जु श्रेष्ठ र बिना भट्टराईले नै कम्मर मर्काएका छन्। गीतको निर्देशक तथा छायाँकन ज्ञानेन्द्र शर्माले गरेकाछन्। नृत्य निर्देशक सन्तोष राजवाहकको रहेको छ। गीतको सम्पादन विवेक उप्रेतीको छ।

महिलाहरुको महान चार्ड तीजको सांस्कृतिक धर्म निर्वाह गर्नका लागि पनि आफूले यसरी गीत हरेक तीजमा ल्याउने गरेको अञ्जुले बताइन्।

Logo