गायिका मञ्जु पौडेलको तीज गीत ‘माइती हरायो’ सार्वजनिक भएको छ।
मन्जु पौडेल युटुब च्यानल मार्फत बजारमा आएको यस गीतमा गायक पशुपति शर्माले उनलाई स्वरमा साथ दिएका छन् । गीतमा शब्द र लय भने पशुपतिकै रहेको छ ।
गायिका पौडेलले हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजमा नारी बेदनालाई समेटेर उक्त गीत सार्वजनिक गरेकी हुन् । गीतमा माइतीमा बाबा आमा नभइसकेपछि माइती हराएको बेदना गीतका माध्यमबाट प्रस्तुत गरेकी छन्। गतवर्ष आफ्नी आमा गुमाएकी पौडेलले माइतीमा आमा नहुँदाको पिडा गीतका माध्यमबाट प्रस्तुत गरेकी हुन् ।
लोकप्रिय उद्घोषक समेत रहेकी पौडेलले बजारमा ल्याउने सिर्जनाहरुले मौलिकता बोकेका हुन्छन् । उनले विगतको वर्ष ल्याएको ‘बाबाको आँगनी’ तिज गीतले पनि निकै चर्चा बुटुलेको थियो ।
दुर्गा पौडेलको निर्देशनमा तयार भएको भिडियोमा गायिका मञ्जुसहित टिका, रुविना, पल्पसा, विनोद, सानुकाजी र सम्झना फिचर्ड छन् । दिलु सुनारको कोरियोग्राफी रहेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् । गीतको भिडियोलाई सार्वजनिक भएको छोटोसमयमै धेरै दर्शक श्रोताले रुचाएका छन् ।





























प्रतिक्रिया