‘टाइगर ३’ को फर्स्ट लुककाे पोस्टर सार्वजनिक, सलमान-कट्रिना ड्यासिङ अवतारमा

‘टाइगर ३’ को फर्स्ट लुककाे पोस्टर सार्वजनिक, सलमान-कट्रिना ड्यासिङ अवतारमा

केन्द्रबिन्दु
0
Shares

सलमान खान र कट्रिना कैफको बहुप्रतिक्षित फिल्म ‘टाइगर ३’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् । फ्यानहरूलाई ठूलो ट्रीट दिँदै निर्माण पक्षले शनिबार फिल्म ‘टाइगर ३’ को पहिलो पोस्टर सार्वजनिक गरेको छ । योसँगै फिल्मको रिलिज मिति पनि पक्का भएको छ ।

सलमान खानले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा टाइगर–३ को फर्स्ट लुक पोस्टर रिलिज गरेका छन् र फिल्मको रिलिज मिति पनि घोषणा गरेका छन्।सलमान खानले ट्वीट गरेका छन्, ‘आ रहा हु, टाइगर ३’ २०२३ को दिवालीमा। वाईआरएफ ५० सँग टाइगर– ३, नजिकैको ठूलो पर्दामा मात्र मनाउनुहोस्। हिन्दी, तमिल र तेलुगुमा रिलिज हुँदैछ।’ 

पोस्टरमा सलमान र कट्रिना दुवैलाई बन्दुक बोकेको ड्यासिङ अवतारमा देख्न सकिन्छ । यो पोस्टर हेर्दा ‘टाइगर’ को पहिलो दुई किस्ताभन्दा ‘टाइगर ३’ ठूलो र भव्य फ्रेन्चाइज हुने पक्का छ ।

फ्रेन्चाइजीको पहिलो फिल्म ‘एक था टाइगर’ ले २०१२ मा बक्स अफिसमा हलचल मचाएको थियो । टाइगर फिल्ममा सलमानले रअ एजेन्ट र कट्रिनाले आईएसआई एजेन्ट जोयाको भूमिका निर्वाह गरेकी थिइन् । सलमान र कट्रिनाको केमेस्ट्रीले सिल्वर स्क्रिनमा आगो लगाएको थियो। यसपछि सलमान र कट्रिनाले सन् २०१७ मा ‘टाइगर जिन्दा है’ नामको फिल्मको सिक्वेलबाट कमब्याक गरेका थिए । यो फिल्मले बक्स अफिसका सबै रेकर्ड तोडेको थियो ।

स्मरण रहोस्, टाइगर–३ लोकप्रिय वाईआरएफ स्पाई युनिभर्स को पाँचौं फिल्म हो  । र, छ वर्षपछि सलमान र कट्रिना टाइगर र जोयाको रूपमा कमब्याक गर्दैछन्। अब आगामी फिल्मले विगतका फिल्मको कीर्तिमान तोड्छ कि गर्दैन त्यो हेर्नु चासोको विषय हो ।

Skip This
Skip This
Logo