कलाकार सारुक ताम्राकारको निधनबारे छानबिनको माग गर्दै काठमाडौँमा मौन र्‍याली

कलाकार सारुक ताम्राकारको निधनबारे छानबिनको माग गर्दै काठमाडौँमा मौन र्‍याली

केन्द्रबिन्दु
0
Shares

कलाकार सारुक ताम्राकारको निधनबारे निष्पक्ष छानबिनको माग गर्दै उनका समर्थकहरुले शान्तिपूर्ण  र्‍याली निकालेका छन्।

कलाकार सारुकको निधन भएको दुई महिना भइसक्दा समेत सत्य तथ्यबाहिर नआएको भन्दै उनीहरुले ज्ञानेश्वर चोकदेखि मालीगाउँसम्म मौन र्‍यालीको आयोजना गरेका हुन्। 

उक्त  र्‍यालीमा कलाकार जयकिशन बस्नेतले नेपाल प्रहरीले सारुकको मृत्यु प्रकरणको सत्य छिटो भन्दा छिटो बाहिर ल्याउनुपर्ने बताएका छन्। 
उनले सबैको पहिलो माग भनेको सारुक ताम्राकारको मृत्यु किन र के कारणले भयो त्यसको सत्य सबै माझ आउनुपर्ने रहेको बताए। 

उनले भने,‘सारुक ताम्राकारको मृत्यु भएको २ महिना भइसकेको छ। तर उहाँको मृत्यु किन र कसरी भयो भन्ने कुराको अनुसन्धान भएको छैन। हामी सबैको पहिलो माग भनेको सारुक ताम्राकार किन, के कारणले भयो त्यसको सत्य कुरा सबै माँझ आउनुपर्यो । नेपाल प्रहरीलाई हामी सम्मान गर्छाैँ तर यो केशमा अझै पनि केही हुन सकेको छैन यस प्रकरणको सत्य छिटो भन्दा छिटो बाहिर आउनुपर्यो।’

यस्तै, प्रदर्शनमा सहभागी रवी गुरुङले प्रहरीले आफ्नो काम गर्ने विश्वास लिएको भन्दै ढिलै भए पनि सत्य बाहिर आउने अपेक्षा सुनाए। उनले भने,‘प्रहरीले आफ्नो काम गर्नु भएको छ भन्ने विश्वास छ,सत्य बाहिर आउँछ ढिलो चाँडो मात्रै हो। यसको लागि सम्बन्धित सरोकारवालहरुसँग छलफल गर्नेछौँ।’

सारुकको मृत्यु प्रकरणको छानबिन्  होस्, त्यसै ढाकछोप नपारियोस्, आमाले छोराको न्याय मागिरहेकी छिन् भन्ने नाराका साथ ताम्राकारको मृत्युबारे निष्पक्ष छानबिन गर्न उनका परिवार र समर्थकले आग्रह गर्दै आएका छन्।

Logo