अमेरिकी नागरिक ज्याकलिनले गाइन् नेपाली गीत

अमेरिकी नागरिक ज्याकलिनले गाइन् नेपाली गीत

केन्द्रबिन्दु
0
Shares

अमेरिकी नागरिक ज्याकलिनले नेपाली गीत गाएकी छिन्। सर्ट मूभी निमार्णका लागि नेपाल आएकी उनले ‘ए कान्छा एउटा कुरा सुनी देउ’ बोलको नेपाली गीत गाएकी हुन्।

गीतकार लोकराज अधिकारीको शब्द रहेकाे उक्त गितमा संगित गोबिन्द मधुरआचार्यको रहेको छ। रेकर्डिङ भएको गीतमा नेपाली बोल्न नजाने पनि नेपाली गीत पर्फेक्ट गाएको वरिष्ठ रेकर्डिस्ट तथा ध्वनी सम्पादक कृष्ण पुनले बताए।

म्युजिक बैंक स्टुडियोमा रेकर्ड गरिएको गीतमा पर्यटकले नेपाली सस्कृती, नेपाली भू-भाग , नेपाली  खाना,नेपाली पन र नेपाली मान्छे मन परेको भाव उल्लेख छ। टेक्सस निवासी ज्याक्लिन चलचित्रको सेट डिजाइनर र ब्युटिसियन पनि हुन्। उनी सोमबार नै अमेरिका फर्केकी छिन्।

Logo