अभिनेता प्रदीप खड्काले फिल्म ‘रावायण’लाई लिएर उत्पन्न विवादलाई लक्षित गर्दै प्रतिक्रिया दिएका छन्। सोमबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले कानूनी राजको विकल्प नभएको बताएका हुन्।
प्रदीप लेख्छन्,‘५/७ वटा दुलही सोझी परे, मजाले पेलियो भन्दैमा, सबै एकै नहोलान् नि । यो पल्ट चाहिँ अलि गाह्रो खाल्की छे भन्ने बुझ्नुपर्ने।’
उनी लेख्छन्,‘चाहे मैदानमा विश्व चर्चित मेस्सी वा कोहली किन नहोस्, खेलको विचमा अन्तिम निर्णयको अधिकार कम परिचित रेफ्रिको नै चल्छ। चाहे चित्त बुझोस् वा नवुझोस्। मलाई गोल हान्न दिएन भनेर ठुस्स पर्दा घरेलु खेलमा परिवारले ल ल गोल हान बाबु भनेर छोड्देलान, तर कसैको लागि यो खेल खेलौना नभएर काम, भगवान र जिन्दगी हुन सक्छ। खेलको विचविचमा रुवावासी गर्नु भन्दा मैदान पस्न अगाडी सोचेर निर्णय गरौँ।’ उनले दुलाह र दुलही, विश्वचर्चित खेलाडीहरु मेस्सी र कोहलीको उदाहरण पेश गर्दै घुमाउरो ढंगले कटाक्ष गरेका छन्।





























प्रतिक्रिया