फिल्म ‘दिमाग खराब’ को दोस्रो गीत सार्वजनिक

फिल्म ‘दिमाग खराब’ को दोस्रो गीत सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको सिनेमा ‘दिमाग खराब’को दोस्रो गीत सार्वजनिक गरिएको छ। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक ‘झम्के झमा झम’ बोलको लोक शैलीको गीत सार्वजनिक गरिएको हाे।

बाबुल गिरीको शब्द तथा संगीत रहेकाे उक्त गीतमा सुमित खड्का र नम्रता काफ्लेको स्वर रहेकाे छ। गीतमा निर्देशक बस्नेत आफैं नृत्य गर्दै प्रस्तुत छन्। उनले यसअघि पनि आफू निर्देशित ‘लुट’को दुवै श्रृंखलाको गीतमा नृत्य गरेका थिए।

भव्य लाइटिङले तयार पारिएको आकर्षक सेटमा गीत खिचिएको छ। निर्देशक बस्नेतका अलवा सिनेमाका मुख्य कलाकारहरु दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराललगायत पनि सार्वजनिक गीतमा फिचर्ड छन्।

अभिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको गीतमा विशेष भूमिकामा देखिएकी छिन्। सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ,राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन,धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ। आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो।

तिहारको अवसर पारेर आगामी कार्तिक २४ गतेबाट प्रदर्शनमा आउने सिनेमामा रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन्।

सिनेमामा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ। 

 

Skip This
Skip This
Logo