उपप्रधानमन्त्री खड्काले भने- ‘रातो टिकी’ गीतले सबै नेपालीको मन छुने छ

उपप्रधानमन्त्री खड्काले भने- ‘रातो टिकी’ गीतले सबै नेपालीको मन छुने छ

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले ‘रातो टिकी’ गीतले सबै नेपालीको मनलाई छुने बताएका छन् ।

आज गीत सार्वजनिक समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले यस्तो बताएका हुन् । ‘यो गीतले हामी सबै नेपालीको मनलाई छुने छ । यसले सफलता प्राप्त गर्ने छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु’ उनले भने, ‘नेपाल सरकारको तर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छु ।’

हाम्रो संस्कार, परम्परा, हामीले पहिल्यैदेखि स्वीकार्दै, परिवर्तन पनि गर्दै आएका कुराहरुबारे गीतले सन्देश दिएको उपप्रधानमन्त्री खड्काको भनाइ छ । श्रीमान नभएकी महिलाले आफ्नो बाँकी जीवन बाँच्न पाउने हक पहिले संस्कारले रोकेको त्यसलाई परिवर्तन गर्ने प्रक्रिया समाजमा सुरु भएको छ र यसलाई समाजले स्वीकार पनि गरेको उनले बताए ।

गीतले सबैको आँखा खोल्नका लागि धेरै ठूलो अस्त्रको रुपमा काम गर्ने छ भन्ने विश्वास व्यक्त गर्दै खड्काले भने, ‘यसले हाम्रो समाजको रुपान्तरण र परिवर्तनलाई ठूलो मद्दत पुर्याउँछ ।’

Skip This
Skip This
Logo