अब डिशहोममा नेपाली सुपरहिट चलचित्र छक्का पञ्जा–४ हेर्न सकिने

अब डिशहोममा नेपाली सुपरहिट चलचित्र छक्का पञ्जा–४ हेर्न सकिने

केन्द्रबिन्दु
6
Shares

वर्षभरी रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु डिशहोममा मात्र एक्सक्लुसिभ प्रदर्शन भइरहेको छ । विभिन्न कारणवस हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकले अब डिशहोम मार्फत सपरिवार एकैसाथ बसेर हेर्न सक्नेछन्।

अहिले दिपकराज गिरी, केदार घिमिरे, बुद्धि तामाङ लगायत कलाकारहरुको अभिनय रहेको सुपरहिट चलचित्र छक्का पञ्जा ४ डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा असोज १९ गतेदेखि प्रदर्शन हुने भएकाे छ ।

प्रकास, कृष्ण लिला, नाई नभन्नु ल ६, प्रसाद २, लाखे, घन चक्कर, मन्त्र, राधा, गुञ्जन, तिम्रो मेरो साथ, पासो, ह्यारिकी प्यारी, काँडेतार, गणपति जस्ता नयाँ चलचित्रहरु डिशहोम सिनेमाघरको साथै प्लस मुभि र रमाइलो टिभीमा प्रदर्शन हुनेछन्।

सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम बिक्रेता वा डिलरदाइ मार्फत सेवा लिएर र आफ्नै मोबाइलबाट एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ।

यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक बोनससँगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निशुल्क पनि पाउन सकिनेछ।

३ महिना अथवा रु एक हजार वा सो भन्दा माथिको रिचार्जमा रु ३२५ बराबरको एउटा मुभी टिकट, ६ महिना अथवा रु दुई हजार वा सो भन्दा माथिको रिचार्जमा रु ६५० बराबरको २ ओटा मुभी टिकट, १२ महिना अथवा रु पाँच हजार वा सो भन्दा माथिको रिचार्जमा रु १३ सय बराबरको ४ ओटा मुभी टिकट ग्राहकले पाउन सक्नेछन्।

डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट विहान ६ बजे पछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्बर ग्राहकको रजिष्टर्ड मोबाइल नं. मा एसएमएस मार्फत प्राप्त हुनेछ।

थप जानकारीका लागि कम्पनीको ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२०००, ९८०११५५००० वा ०१ ४२१७६६६ मा फोन गर्न सकिनेछ।

डिशहोमको यो प्रयासले सपरिवार सँगै तथा आफूले चाहेको समयमा नयाँ चलचित्र हेर्न सकिने छ । यस्तै, नेपाली चलचित्रप्रति दर्शकहरुको चासो र माया बढ्नुका साथै नेपाली चलचित्रको विकास तथा प्रवर्द्धनमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ।

Logo