यतिबेला वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले एउटा अन्तर्वातामा श्रीमतीलाई लिएर दिएको अभिव्यक्तिको चौतर्फी चर्चा चलेको छ । उनले एउटा अन्तवार्तामा, प्रश्नकर्ताले भगवान् भेटिए भने के माग्नुहुन्छ ? भनेर गरेको प्रश्नमा उनले मेरो श्रीमतीलाई फकाईदिन भन्छु भन्दै जवाफ दिएका थिए । सो अन्तवार्तामा उनले दिएको जवाफ र श्रीमतीप्रतिको प्रेमलाई लिएर चर्चा चलेको हो ।
श्रेष्ठको श्रीमती यशोधा सुवेदीको ६ वर्ष अघि ६७ वर्षको उमेरमा क्यान्सर रोगबाट मृत्यु भएको थियो ।
मदनकृष्ण र यशोधाको भेट २०२६ सालमा भएको थियो। मदनकृष्णले सञ्चय कोषको जागिर सुरु गरेको तीन वर्ष भइसकेको थियो। उही कोठामा सँगै काम गर्ने गरी एक युवती आइन् । एक वर्ष अन्तरका उनीहरूको धेरै कुरो मिल्थ्यो। २०२६ सालमा भेट भएका उनीहरुको सम्बन्ध २०३० सालमा सुटुक्क सूर्यविनायक मन्दिरमा पुगेर बिहेमा परिणत भयो।
त्यतिबेला अन्तर्जातीय बिहे गरेका उनीहरु घर छाडेर छुट्टै बस्नुपर्याे । मदनकृष्ठ श्रेष्ठ नेवार समुदायका थिए भने, यशोधा कट्टर उपाध्याय बाहुनकी छोरी थिइन् । जसकारण उनीहरुले घरपरिवार समाजबाट अपहेलित हुनुपर्याे । उनीहरुले बिहे गरेको ३९ वर्षपछि मात्र यशोदाको माइतीले उनीहरुलाई स्वीकारेको थियो । उनीहरुका एक छोरा र एक छोरी छन् ।
यसरी अन्तरजातीय प्रेम विवाह गरेका मदनकृष्ण श्रेष्ठ श्रीमतीको लागि तीजमा निराहार व्रत समेत बस्थेँ । साथै श्रीमती बिरामी हुँदा उनले गरेको हेरचाहलाई लिएर उनको ससुराली पक्षले समेत उनको तारिफ गर्थेँ । उनले प्रेम सम्बन्धमा हुँदा र विवाहपछि पनि श्रीमतीलाई सम्झेर थुप्रै गीतहरु पनि गाएका छन् । २००७ सालमा जन्मिएका मदनकृष्ण श्रेष्ठ ७३ वर्ष पुगिसेका छन् । निधन भएको ६ वर्ष पुगिसक्दा पनि उनको श्रीमतीप्रतिको प्रेममा भने कमी आएको देखिँदैन । उनले अधिकांश अन्तर्वार्ताहरुमा श्रीमतीलाई सम्झन छुटाएका हुँदैनन् ।





























प्रतिक्रिया