मोडल राज र संगीतकार अर्जुनबीच ५ वटा म्युजिक भिडियोमा काम गर्ने सम्झौता

मोडल राज र संगीतकार अर्जुनबीच ५ वटा म्युजिक भिडियोमा काम गर्ने सम्झौता

केन्द्रबिन्दु
0
Shares

राज कटुवाललाई आम मानिसहरुले नायक तथा मोडलको रुपमा चिन्छन् । अझ, उनले अभिनय गरेको ‘मेसो मिलाएर’ बोलको गीत हिट भएपछि त उनको चर्चा पनि चुलिएको छ । यसपछि, उनी म्युजिक भिडियोमा व्यस्त पनि देखिन थालेका छन् ।

‘मेसो मिलाएर’ गीत हिट भएसँगै राज र संगीतकार अर्जुन पोखरेलबीच पुनः सहकार्य हुने भएको छ । अर्जुनको कम्पनी द डिभाइन म्युजिकले तयार पार्ने ५ वटा भिडियोमा राजले काम गर्नेगरी सम्झौता भएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै दुवैले उत्साह व्यक्त गरेका छन् । डिभाइनको भिडियोमा काम गर्न पाउँदा आफू उत्साहित भएको राजले बताए । यस्तै, संगीतकार पोखरेलले ‘मेसो मिलाएर’ गीत हिट भएपछि राजलाई दर्शकले अत्याधिक खोजेकाले आफूले ५ वटा भिडियोका लागि संझौता गरेको बताए ।

राजले निर्माण गरिरहेको फिल्म ‘मायाबी’को हाल छायांकन भइरहेको छ । राज आफै नायक बनेर नयाँ फिल्ममा काम गर्ने तयारीमा समेत छन् ।

Skip This
Skip This
Logo