१६ भाषामा रिलिज गरिने इन्डो नेपाली फिल्म ‘हिटम्यान’को पोस्टर र टिजर रिलिज गरिएको छ। आइतबार काठमाडाैंमा आयाेजित एक कार्यक्रमबीच निर्माण टाेलीले फिल्मकाे पोस्टर र टिजर रिलिज गरेकाे हाे ।
नेपाली फिल्मलाई विश्वव्यापी बनाउने उद्देश्यसहित निर्मित फिल्म हिटम्यानमा आँचल शर्मा, विष्णु अधिकारी र प्रशान्त ताम्राकार मूख्य भूमिकामा छन् । दक्षिण भारतीय–तेलुगु फिल्मका व्यस्त प्राविधिकहरुको सहकार्यमा निर्मित यस फिल्मको ट्रेलर विश्वप्रसिद्ध टावर बुर्ज खलिफामा देखाइने फिल्मका मुख्य नायक विष्णु अधिकारीले बताए । फिल्मलाई नेपालसहित भारत र प्रसिद्ध ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडियाेमा समेत प्रदर्शन गरिने उनले दिए।
उनले यो फिल्मले नेपाल र भारतका दर्शक माझ पुलको काम गर्ने बताए ।
निर्देशकसमेत रहेका अधिकारीले फिल्मलाई उत्कृष्ट बनाउन विभिन्न ५ देशमा छायांकन गरिएको र उच्च कोटीको भिएफएक्स प्रयोग गरिएकाले क्वालिटीमा कुनै पनि कम्प्रोमाइज नगरिएको दाबी गरे । उनले यो फिल्म रिलिजपश्चात अभिनेत्री आँचल शर्मालाई तेलगु इन्ड्स्ट्रीजले समेत खोज्ने दाबी गरेका छन् ।
पोस्टरमा देखिए पनि टिजरमा नदेखिएकी नायिका आँचल शर्माले फिल्मको आगामी ट्रेलरमा आफू धमाकेदार शैलीमा देखिने बताइन् ।
पोस्टर रिलिज कार्यक्रममा अमेजन प्राइम भिडियोको तर्फबाट भेन्डरपार्टनर बनेर आएका प्रतिनिधि राजिभ थसभतापलीको समेत उपस्थिति रहेको थियो । दीपक अधिकारी निर्माता रहेको फिल्ममा साउथका चर्चित सङ्गीतकार मन्त्र आनन्द, सम्पादक बि नागेश्वर रेडीले पनि सहकार्य गरेका छन् । फिल्म आउदो फेब्रुअरी महिनामा एक साथ विश्वव्यापी रिलिज गरिने बताइएको छ ।





























प्रतिक्रिया