सिआइडीका अभिनेता दिनेश फडनिसको निधन

सिआइडीका अभिनेता दिनेश फडनिसको निधन

केन्द्रबिन्दु
0
Shares

भारतीय टेलिभिजनको चर्चित शो सिआइडीका अभिनेता दिनेश फडनिसको निधन भएको छ । मंगलबार मुम्बईस्थित तुंगा अस्पतालमा उनको उपचारको क्रममा निधन भएको हो। 

दिनेश लामो समयदेखि बिरामी परेका थिए । उनलाई हृदयाघात भएको थिएन । तर मल्टिपल अर्गन फेल भएको थियो । गत शुक्रबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । 

दिनेशले सन् १९९८ देखि २०१८ सम्म चलेको लोकप्रिय टिभी शो सीआईडीमा इन्स्पेक्टर फ्रेडरिकको भूमिका निर्वाह गरेपछि चर्चित भएका थिए। कार्यक्रममा उनको कमेडी भूमिका थियो, जुन उनले निकै राम्रो निभाएका थिए।

Logo