सलमान खान जन्मदिनः पीतासँगै बाल्काेनीमा निस्किए, फ्यानलाई दिए धन्यवाद

सलमान खान जन्मदिनः पीतासँगै बाल्काेनीमा निस्किए, फ्यानलाई दिए धन्यवाद

केन्द्रबिन्दु
0
Shares

सलमान खान आफ्नो ५८ औँ जन्मदिनमा फ्यानलाई भेट्न ग्यालेक्सी अपार्टमेन्टको बालकनीमा निस्केका छन्। यस क्रममा उनले जन्मदिनको शुभकामना दिएका फ्यानहरुलाई धन्यवाद दिए।

यो तस्विरहरु सलमान खानको ग्यालेक्सी अपार्टमेन्टको बालकनीका हुन्। जो अभिनेता आज अर्थात २७ डिसेम्बरमा आफ्ना फ्यानहरुलाई भेट्न निस्केकमा थिए। 

वास्तवमा, २७ डिसेम्बरमा सलमान खानले आफ्नो ५८ औँ जन्मदिन मनाएका छन्। यस अवसरमा अभिनेता खानको घरबाहिर हजारौं फ्यान उनलाई शुभकामना दिन  पुगेका थिए।

फ्यानलाई सरप्राइज दिँदै सलमान खान साँझ आफ्नो घरको बालकनीमा आएर फ्यानलाई धन्यवाद दिए। यस क्रममा सलमान खान एकदमै सिम्पल लुकमा देखिए।

उनले खैरो रङको टिसर्ट लगाएका थिए। सलमानले आफ्ना फ्यानहरुलाई हात जोडेर धन्यवाद दिएका छन्। सलमान खानसँगै उनका पिता सलीम खान पनि बालकनीमा देखिएका थिए। जो यस क्रममा छोराको स्टारडम देखेर निकै खुसी देखिन्थे।

वर्कफ्रन्टको कुरा गर्ने हो भने सलमान खान पछिल्लो पटक फिल्म ‘टाइगर ३’ मा देखिएका थिए। यो फिल्ममा उनीसँगै कट्रिना कैफ पनि देखिएकी थिइन्।

Skip This
Skip This
Logo