चलचित्र ‘नाई नभन्नु ल ६’ डिशहोम सिनेमाघर च्यानल नम्बर १०८ मा प्रदर्शन शुरू भएको छ। आँचल शर्मा, आशीर्वाद बी क्षेत्री, सरोज खनाल, प्रियङ्का कार्की आदि कलाकारहरूको अभिनय रहेको चलचित्र यही पुस १३ गतेदेखि प्रदर्शन भइरहेको डिशहोमले जनाएको छ।
सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलरदाइमार्फत सेवा लिएर र आफ्नै मोवाइलबाट एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ।
यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक बोनससँगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट नि:शुल्क पनि पाउन सकिनेछ ।
३ महिना अथवा रु एक हजार वा सो भन्दा माथिको रिचार्जमा रु ३२५ बराबरको एउटा मुभी टिकट, ६ महिना अथवा रु दुई हजार वा सो भन्दा माथिको रिचार्जमा रु ६५० बराबरको २ वटा मुभी टिकट, १२ महिना अथवा रु पाँच हजार वा सो भन्दा माथिको रिचार्जमा रु १३ सय बराबरको ४ वटा मुभी टिकट ग्राहकहरूले पाउन सक्नेछन्।





























प्रतिक्रिया