राजु गिरीको निर्देशनमा निर्माण हुने फिल्म ‘ईश्वर’ को पोखरामा मुहुर्त

राजु गिरीको निर्देशनमा निर्माण हुने फिल्म ‘ईश्वर’ को पोखरामा मुहुर्त

केन्द्रबिन्दु
0
Shares

निर्देशक राजु गिरीको निर्देशनमा निर्माण हुने फिल्म ‘ईश्वर’को शनिबार पोखरास्थित बिन्दाबासिनी मन्दिरमा मुहुर्त गरिएको छ।  लक्ष्मी कुँवर थापाको प्रस्तुतीमा निर्माण हुने फिल्मको मूख्य भूमिकामा अभिनेता माओत्से गुरुङको अभिनय रहनेछ।

माघ २८ गतेबाट फ्लोरमा जाने फिल्ममा पृथ्वीराज प्रसाईं, सुनिल थापा, शिशिर वाङ्देल,बुद्धि तामाङ, रविन्द्र झा, सविन बास्तोला र गिता अधिकारीको पनि अभिनय रहनेछ। दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको पटकथा एवम् संवाद भोजराज देवकोटाले लेखेका छन्।

हरिबहादुर थापा र शंकर गिरी निर्माता रहेको फिल्ममा राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन हुनेछ।

Skip This
Logo