बलिउडः सानिया र शोएबको वैवाहिक जीवन संकटमा

बलिउडः सानिया र शोएबको वैवाहिक जीवन संकटमा


टेनिस स्टार सानिया मिर्जा र पाकिस्तानी क्रिकेटर शोएब मलिक खेलकुद पृष्ठभूमिका भए पनि बलिउडमा उनीहरुको क्रेज राम्रो छ। 

अहिले यो जोडी आफूहरुको वैवाहिक सम्बन्धमा आएको दरारका कारण चर्चामा छन्। हालैमात्र सानियाले इन्स्टाग्राम एकाउण्टबाट शोएबका सबै तस्वीर हटाएपछि उनीहरुबीचको वैवाहिक खटपट छताछुल्ल भएको छ।

सानिया इन्स्टाग्राममा निकै सक्रिय रहन्छिन् र उनी आफूसँग जोडिएका अपडेटबारे फ्यानमाझ शेयर गरिरहन्छिन्। सानियाको इन्स्टाग्राममा उनका सबै फोटो र भिडियो हेर्न पाइन्छ। यही बीचमा उनले आफ्ना पति शोएबका सबै तस्वीर हटाएकी छन्।

शोएबले पनि आफ्नो इन्स्टाग्रामबाट सानियासँग विवाह भएको जानकारीलाई हटाएका छन्। यसअघि उनले आफ्नो इन्स्टाग्रामको बायोमा आफू‘सुपरवुमनको पति’ भएको बताएका थिए। उनीहरुको सम्बन्धविच्छेको विषयमा कुरा बुभ्दा सानियाले ‘हल्ला चलिरहेको छ। चासो राख्नु राम्रो होइन। तपाईं के भन्न चाहनुहुन्छ’ भन्दै जवाफ फर्काएकी थिइन्।

केही समयअघि मात्र शोएबको पाकिस्तानी अभिनेत्री आयशा उमरसँग प्रेमसम्बन्ध रहेको चर्चा चलेको थियो। यहीकारण शोएब र सानियाको सम्बन्धमा दरार आएको निकटले दाबी गरेका छन्।

सानिया र शोएबले सन् २०१० मा विवाह गरेका थिए। उनीहरुको एक छोरा एजहान छन्। सानियाले केही दिन अघि इन्स्टाग्राममा ‘जब कुनै कुराले तपाईंको हृदयको शान्तिलाई नष्ट गर्छ भने त्यसलाई जान दिनुहोस्’ लेखेकी थिइन्। उनको यो लेखाईपछि शोएब र सानियाको जीवन ठीकसँग नचलेको सबैले अनुमान गरेका थिए।

Logo