रणवीरको फिल्म ‘एनिमल’को ओटिटी रिलिजविरुद्ध उजुरी

रणवीरको फिल्म ‘एनिमल’को ओटिटी रिलिजविरुद्ध उजुरी


अभिनेताद्वय रणवीर कपूर र बबी देओलको ब्लकबस्टर फिल्म ‘एनिमल’ गत वर्षको डिसेम्बरमा रिलिज भएको थियो । जसले विश्वव्यापी बक्सअफिसमा ९ सय करोडको कलेक्सन गर्यो।

सन्दीप रेड्डी वांगाको निर्देशन रहेको यो फिल्ममा रश्मिका मन्दाना, तृप्ति डिमरी र अनिल कपूरको पनि प्रमुख भूमिकामा अभिनय थियो । यो फिल्म थिएटरमा रिलिजपछि अब ओटिटीमा रिलिजको तयारीमा छ। तर ओटिटीमा आउनु अघि नै फिल्म कानूनी झमेलामा परेको छ।

फिल्मसँग जोडिएको एक प्रोडक्सन कम्पनीले फिल्मको ओटिटी रिलिजमा रोक लगाउन माग गरेको छ। जसका लागि उसले दिल्ली हाई कोर्टमा निवेदन दिएको छ। उक्त प्रोडक्सन कम्पनीले टी–सिरिजमाथि एक गम्भीर आरोप पनि लगाएको छ, जुन आरोपले सबै चकित परेका छन्।

फिल्मको सह–निर्माता दाबी गर्दै सिनेज्ञ स्टुडियोज प्रालिले दिल्ली हाई कोर्टमा एक उजुरी दायर गरेको छ। जसमा टी–सिरिजले फिल्मको बौद्धिक सम्पदा अधिकारमा आफ्नो हिस्सा नदिएको उल्लेख गरिएको छ।

कम्पनीले यी दुई प्रोडक्स्न हाउसले फिल्म निर्माण गर्नका लागि एक सम्झौता गरेको थियो। जसमा सिनेज्ञलाई ३५ प्रतिशत लाभ हिस्सा र फिल्मको ३५ प्रतिशत बौद्धिक सम्पदा अधिकारको हकदार बनाइएको उजुरीमा भनिएको छ।

यद्यपि टी–सिरिजसँग हस्ताक्षरित सन् २०१९ अधिग्रहण सम्झौतामा कैयौं अलग–अलग धाराको उल्लंघनको दावी गर्दै फिल्मलाई नेटफ्लिक्समा रिलिज गर्न दिन नमिल्ने दाबी कम्पनीको छ।

सिनेज्ञ स्टुडियोजले टी–सिरिजले फिल्म बनाउन, प्रमोसन गर्न र रिलिजका लागि खर्च गरेको, बिना कुनै जानकारी शेयर गरिएको बक्सअफिस बिक्रीमा आफ्नो हक दाबी गरेको र लाभ बढाउने सम्झौताका बाबजुद कुनै पैसा नदिएको आरोप लगाएको छ। कम्पनीका वरिष्ठ वकिल सन्दीप सेठीले कम्पनीका तर्फबाट उजुरी दिएका हुन्।

Logo