सञ्जयलिला भन्सालीले १९ बर्षपछि शाहरूख खानलाइ लिएर चलचित्र बनाउँदै

सञ्जयलिला भन्सालीले १९ बर्षपछि शाहरूख खानलाइ लिएर चलचित्र बनाउँदै

केन्द्रबिन्दु
0
Shares

बलिउड सुपरहिट निर्देशक सञ्जय लीला भन्सालीको अघिल्लो फिल्म  ‘गंगुबाई काठियावाडी’ ले बक्स अफिसमा राम्रो कमाई गरेको थियो । अब सञ्जय लीला भन्साली फेरि एक पटक ब्लकबस्टर फिल्म लिएर आउँदैछन् । यस फिल्ममा सञ्जय लीला भन्सालीले शाहरुख खानलाई कास्ट गर्ने भएका छन । भारतीय सञ्चारमाध्यमका अनुसार यस फिल्मको नाम  ‘इन्शाअल्लाह’ राखिएको छ । कतिपयले देवदास पछि १९ बर्ष पछि बनाउने फिल्मकाे नाम 'इजहार’ नाम राखिएकाे पनि जनाएका छन् । 

सुपरहिट निर्देशक सञ्जय लीला भन्साली र सुपरहिट अभिनेता शाहरुख खानको जोडी फेरि एकपटक बक्स अफिसमा धुम मच्चाउन तयार भएको जनाइएको छ । यसअघि सन् २००२ मा सुपरहिट निर्देशक–अभिनेताको जोडीले फिल्म ‘देवदास’ बाट कमाईको कीर्तिमान तोडेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्मको तयारी सुरु भइसकेको छ । यो चलचित्रको पूर्वप्रोडक्सन मे–जुनबाट सुरु हुनेछ ।

सञ्जय लीला भन्सालीको यो फिल्म रोमान्टिक कमेडी हुने बताइएको छ । यस फिल्ममा शाहरुख खान मुख्य भूमिकामा देखिने छन् । तर, फिल्मको थप कलाकारको बारेमा भने अहिलेसम्म कुनै खुलासा गरिएको छैन । फिल्मको बारेमा अहिलेसम्म आधिकारिक जानकारी भने दिइएको छैन । तर चलचित्रको छायांकन छिट्टै सुरु हुने बताइएको छ ।

यसअघि सन् २००२ मा ‘देवदास’ मार्फत सञ्जय लीला भन्साली र शाहरुख खानको जोडीले बक्स अफिसमा अचम्मको कमाई गरेको थियो । यो फिल्मले कमाईका सबै रेकर्ड तोडेको थियो । ४४ करोड रुपैयाँको ठूलो बजेटमा बनेको यो फिल्मले विश्वभर ९९ करोडभन्दा बढी कमाई गरेर २००२ को सबैभन्दा धेरै कमाउने फिल्मको उपाधि जितेको थियो। अब फेरि यो जोडी बक्स अफिसमा धमाका मच्चाउन तयार छ । यद्यपी यो फिल्मको बारेमा आधिकारिक जानकारी भने दिइएको छैन ।

Skip This
Skip This
Logo