निर्देशक समुद्र भट्टले एलिजा र निश्चल लिएर फिल्म बनाउँदै

निर्देशक समुद्र भट्टले एलिजा र निश्चल लिएर फिल्म बनाउँदै

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ। निर्देशक समुद्र भट्टले नयाँ फिल्म बनाउने भएकी छिन्। समुद्रले नायिका एलिजा गौतम र नायक निश्चल खड्कालाई लिएर फिल्म बनाउन लागेकी हुन्।

द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गर्न लागिएको अनटाइटल प्रोजेक्टमा उनले एलिजा र निश्चललाई मुख्य भूमिकामा शनिबार अनुबन्धित गराएकी छिन्।

आगामी वैशाख भित्रै छायांकन सुरु गर्ने गरी तयारी गरिएको फिल्मका बारेमा केही दिनमै सम्पूर्ण जानकारी दिने निर्माण पक्षले गरेको छ । लभ स्टोरी क्राइम थ्रिलर रहने फिल्ममा समुद्रकै कथा रहने छ।

अनुराग फिल्मबाट डेब्यु गरेकी एलिजाले त्यस यता थुप्रै म्यूजिक भिडियोमा काम गर्दै आइरहेकी छिन्। उनको यो दोस्रो फिल्म हुनेछ।

निश्चलले ‘लण्डन टु पेरिस’ बाट रजतपटमा डेब्यु गरेका हुन्। यो फिल्म प्रदर्शनको तयारीमा रहेको छ। समुद्रले निर्देशन गरेको ‘गून्यो चोलो’ प्रदर्शनको पर्खाइमा रहेको छ।

Skip This
Skip This
Logo