बलिउड कलाकार फरहान चाँडै अभिनेताका रुपमा कमव्याक गर्दै

बलिउड कलाकार फरहान चाँडै अभिनेताका रुपमा कमव्याक गर्दै

केन्द्रबिन्दु
24
Shares

मुम्बई। फरहान अख्तर बलिउडका उम्दा कलाकारमा चिनिन्छन्। अभिनयसँगै उनी निर्देशक, निर्माता, गायक र गीतकारका रुपमा पनि सक्रिय छन्। ‘दिल चाहता हे’,‘डन’जस्ता फिल्म निर्देशन गरिसकेका फरहान चाँडै दर्शकमाझ अभिनेताका रुपमा कमव्याक गर्दैछन्।

फिल्म ‘तूफान’ पछि फरहान नयाँ फिल्मको तयारीमा छन्। उनी यही जुलाईबाट सुटिङ सुरु गर्दैछन्। यसपटक उनले अभिनयलाई अझ सशक्त बनाउने तयारीका साथ काममा जुटिसकेका छन्।

फरहानले अभिनय गरेका ‘जिन्दगी ना मिलेगी दोबारा’, ‘भाग मिल्खा भाग’ जस्ता हिट फिल्म अझै पनि दर्शकले सम्झिरहेका छन्। उनी अभिनयका अलावा ‘डन ३’को निर्देशनको तयारीमा पनि छन्। यो फिल्ममा रणवीर सिंह प्रमुख भूमिकामा छन्।

Skip This
Skip This
Logo