‘जवान २’ को तयारीमा एटली

‘जवान २’ को तयारीमा एटली

केन्द्रबिन्दु
42
Shares

मुम्बई। बलिउड अभिनेता शाहरुख खानले सन् २०२३ मा बक्सअफिसमा धमाल नै मच्चायाे। सन् २०२३ को सुरुवातमा फिल्म ‘पठान’ले उनलाई सफलताको स्वाद चखायो। यसपछि रिलिज भएको ‘जवान’ले बक्सअफिसमा कैयौं रेकर्ड बनायो।

जुन रेकर्डलाई अन्य फिल्मले तोड्न करिब करिब मुस्किल नै पर्छ। सन् २०२४ मा शाहरुख कैयौं फिल्ममा जोडिँदैछन्। यहीबीचमा फिल्म ‘जवान’को सिक्वेललाई लिएर नयाँ खबर सार्वजनिक भएको छ।

फिल्मका निर्देशक एटली कुमारले हालै एक संवादमा सिक्वेलका बारे जनाउँ दिएका छन्। एक संवादमा उनलाई ‘जवान’को सिक्वेलको बारेमा सोधिएको थियो।

उनले तत्कालै सिक्वेलको बारेमा कुनै टुंगो नभए पनि आफूले कथा भने लेखिरहेको खुलाए। ‘सिक्वेलको बारेमा अहिले त टुंगो लागेको छैन। तर म केही लेखिरहेको छु। हरेक फिल्ममा सिक्वेलको सम्भावना अवश्य नै हुन्छ। तर दर्शकलाई फरक फरक कथावस्तुले हैरान बनाउन चाहन्छु’,एटलीले भनेका छन्।

एटलीको यो जवाफलाई कतिपयले ‘जवान’को सिक्वेलसँग जोडेर हेरेका छन्। दर्शकको चाहना पनि ‘जवान’को सिक्वेल रहेकाले एटली निकट स्रोतले भने उनी सिक्वेलको तयारीमा जुटिसकेको दाबी गरेको छ।

शाहरुख खान, नयनतारा, दीपिका पादुकोण, विजय सेतुपतिलगायतको अभिनय रहेको फिल्म ‘जवान’ले बक्सअफिसमा ६ सय ४३ दशमलब ८७ करोड रुपैंयाँको कलेक्सन गरेको थियो।

Logo