‘कमेडी च्याम्पियन’ को टीम चढेको कार दुर्घटना, विशाल भण्डारी पक्राउ

‘कमेडी च्याम्पियन’ को टीम चढेको कार दुर्घटना, विशाल भण्डारी पक्राउ

केन्द्रबिन्दु
234
Shares

काठमाडौं। टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टीम सवार कार दुर्घटना भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ।

बिहीबार बिहान करीब ४ बजेतिर उनीहरु सवार बा–१–०२६ क ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिक सडकमा रोकिराखेको टिपरसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। नगरकोटबाट फर्कंदै गर्दा उक्त दुर्घटना भएको थियो।

घाइते हुनेमा निर्देशक विशाल भण्डारी, पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।

दुर्घटनापछि घाइते ६ जनालाई नै मध्यपुर ठिमी अस्पतालमा लगिएको थियो। घाइते मध्ये निर्देशक भण्डारी र पूजन अधिकारी डिस्चार्ज भइसकेका छन्।

घाईते मध्ये सुशान्त बस्यालको अवस्था गम्भिर रहेको छ। उनलाई अहिले भेन्टिलेटरमा राखिएको छ। दुर्घटनापछि कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी र पूजन अधिकारी पक्राउ परेका छन्।

Skip This
Skip This
Logo