बिर्तामोडमा ‘टुबोर्ग होली हङ्गामा’ को भब्य तयारी

बिर्तामोडमा ‘टुबोर्ग होली हङ्गामा’ को भब्य तयारी

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। झापाको बिर्तामोडमा फागु पूर्णिमा अर्थात् होली पर्वको अवसरमा चैत १२ गते सोमबार ‘टुबोर्ग होली हङ्गामा’ हुने भएको छ। नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशको आयोजनामा होली हङ्गामा कार्यक्रम हुने संघका प्रदेश अध्यक्ष तथा फिल्म निर्माता केवल तामाङले बताए।

बिर्तामोडस्थित पुरानो कृष्ण सिनेमा हलको प्राङ्गणमा हुने कार्यक्रममा गायिका मेचु धिमालले सांगीतिक प्रस्तुति दिनेछिन्। त्यस्तै फिल्म निर्देशक तथा कलाकार जयकिशन बस्नेत, शोभित बस्नेत, अभिनेता सुबास मेचे र मोडल दिपा शाहीको प्रस्तुती रहनेछ।

कार्यक्रममा लामो समयदेखि फिल्म उद्योगमा योगदान पुर्याउने फिल्मकर्मीलाई सम्मान गरिनेछ। नेपाली साँस्कृतिक पर्वको उत्थान र विकासमा समेत टेवा पुर्याउने उदेश्यकासाथ कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक नायक सुवास मेचेले बताए।

उनले कार्यक्रमस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको जानकारी दिए।कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न चैत्र २३ गते प्रदर्शनमा आउने फिल्म ‘बद्री बहादुर’को विशेष सहयोग छ।

होली कार्यक्रमलाई हिमाल भेराइटिज, होटल रुस्किन, द स्यान्डविच पोइन्ट, वान स्टप मल, सुनमाई स्पिङ वाटर र होटल हेभन ग्राण्डले सहयोग गरेका छन्।

Logo