११ हजार जनतामाझ फिल्म ‘मेयर’ छायाङ्कन

११ हजार जनतामाझ फिल्म ‘मेयर’ छायाङ्कन

केन्द्रबिन्दु
24
Shares

काठमाडौं। सर्लाहीमा छायाङ्कनरत फिल्म ‘मेयर’ स्थानीय ११ हजार जनतामाझ छायाङ्कन गरिएको छ। निर्देशक दीपेन्द्र के खनालका अनुसार एक दृश्यका लागि ‘क्राउड’ चाहिने भएपछि त्यहाँ ११ हजार जनता उपस्थित भएका थिए।

खनालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै खुशी साटेका छन्। ‘यो कुनै पार्टीको आमसभा होइन। यो त सिनेमा ‘मेयर’को छायाङ्कनको लागि आउनुभएका ११ हजार स्थानीयको माया हो।

नेपाली सिनेमा निर्माणमा एउटा महत्वपूर्ण क्षण बनाइदिनु हुने सम्पूर्ण उपस्थित माहानुभावहरूमा मेरो व्यक्तिगत तथा सम्पूर्ण टिमबाट हार्दिक आभार व्यक्त गर्दछु’, उनले लेखेका छन्।

करिब एक महिनादेखि सर्लाहीको बागमती नगरपालिकामा फिल्मको छायाङ्कन गरिरहेका दीपेन्द्रले फिल्मका लागि स्थानीयको साथ राम्रो पाइरहेको बताए। फिल्म ‘मेयर’ सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको जीवन संघर्षमा आधारित छ। फिल्मको केही दृश्य काठमाडौं र सिन्धुलीमा खिचिनेछन्।

फिल्ममा खगेन्द्र लामिछानेले मेयर थापाको भूमिका निर्वाह गरिरहेका छन्। उनको अपोजिटमा अभिनेत्री वर्षा राउत छिन्। पटकथा प्रडक्सनको ब्यानरमा बनिरहेको फिल्ममा अर्पण थापा, अनुप बराल, दिव्यदेव, हरिहर शर्मा, रवीन्द्र झा, प्रकाश घिमिरे, रमेश बुढाथोकी, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतको पनि अभिनय छ। फिल्ममार्फत मेयर थापाकी छोरी अर्विशा थापाले अभिनयमा डेब्यू गर्दै छिन्।

श्रष्टिमा खनाल र शर्मिला पाण्डे निर्माता रहेको फिल्ममा निर्देशक दिपेन्द्र कार्यकारी निर्माता छन्। फिल्ममा महेश दवाडीको पटकथा तथा कृष्णबहादुर थापाको छायांकन छ।

Skip This
Skip This
Logo