राजेश हमालको ‘सफलताको कथा’ कार्यक्रम वैशाख एक गतेबाट प्रसारण हुने

राजेश हमालको ‘सफलताको कथा’ कार्यक्रम वैशाख एक गतेबाट प्रसारण हुने

केन्द्रबिन्दु
210
Shares

काठमाडौं । महानायक राजेश हमालले ‘सफलताको कथा’ कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।

शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त कार्यक्रम बैशाख एक गतेबाट प्रसारण हुने बताइएको हो । प्रसारण नेपाल टेलिभिजनबाट हुनेछ । आप्रवासी नेपालीहरूले विदेशमा पाएको सफलतालाई उक्त कार्यक्रम मार्फत उजागर गर्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालनमा ल्याइएको महानायक हमालले जानकारी दिए । हमालले यो कार्यक्रम धेरैले रुचाउने अपेक्षा लिएको बताउँदै अहिले अमेरिका र क्यानडामा बसोबास गर्ने नेपाली नागरिक सफलतालाई प्रसारण गरिने उनले बताए ।

हमालका अनुसार अमेरिका र क्यानेडामा बसोबास गर्ने १९ जना नेपालीको सफलता यस कार्यक्रममा समावेश गरिसकिएको छ । ‘नेपालबाट विदेश गएर सङ्घर्ष गर्नेहरूको संख्या बढ्दो छ, उनीहरूले सङ्घर्ष मात्र गरेका छैन सफलता पनि हात परेका छन्, उनीहरूले गरेका महिना साथै कामका बारेमा यो कार्यक्रम मार्फत जानकारी दिन खोजेका छौं,’ उनले भने । अमेरिका र क्यानडा बसेका १९ जना नेपाली नागरिकको सुटिङ सकिएको पनि हमालले बताए ।

उनका अनुसार उक्त कार्यक्रम मार्फत यो कथाहरू बैशाख एक गतेबाट प्रसारण हुनेछ । कार्यक्रमको प्रमुख अतिथिको रूपमा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ थिए ।

Logo