ज्योतिष भन्छन्- ‘२०२६ सम्म सलमान खानको ग्रह खराब छ’

ज्योतिष भन्छन्- ‘२०२६ सम्म सलमान खानको ग्रह खराब छ’

केन्द्रबिन्दु
42
Shares

मुम्बई। अभिनेता सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर हालै फायरिङ भएपछि उनका फ्यानहरु सलमानको सुरक्षालाई लिएर चिन्तित छन्।

यो घटनापछि मुम्बई प्रहरी सक्रिय भएर घटनासँग सम्बन्धित दुई आक्रमणकारीलाई पक्राउ गरिसकेको छ। ग्याङस्टार लरेन्स विश्नोईका भाई अनमोलले घटनाको जिम्मेवारी लिइसकेका छन्।

सलमानले आफूलाई सन्तुलित राखे पनि उनी परिवार र वृद्ध आमाबाबुप्रति चिन्तित छन्। उनका पिता सलिम खानले सलमानलाई बस्ने ठाउँ परिवर्तन गर्न सुझाव दिएको समाचार पनि सार्वजनिक भएका छन्।

घटनापछि सलमानका फ्यानले उच्च सुरक्षाको माग गरिरहेका छन्। महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्डेले घटनापछि सलमानसँग भेट गरेका छन्। यहीबीचमा बलिउडका सेलिब्रेटी ज्योतिष पण्डित जगन्नाथ गुरुजीले सलमानको ग्रहको स्थितिको अध्ययन गर्दै उनको कमजोरी औँल्याएका छन्।

ज्योतिष गुरुजीका अनुसार करियरका हिसाबले सलमानको ग्रह बलियो छ। तर व्यक्तिगत जीवन भने चिन्ता र नकारात्मक कुराले भरिएको छ।

गुरुजीले अझै पनि सलमानको लागि खतरा रहने भन्दै व्यक्तिगत सुरक्षा बढाउन सुझाव दिएका छन्। उनले परिवारका सदस्यका लागि पनि सुरक्षा बढाउन भनेका छन्।

ज्योतिष गुरुजीले सलमान र उनको परिवारलाई सन् २०२६ सम्म सुरक्षित रहन सल्लाह दिएका छन्। उनको जन्मकुण्डलीका धेरै घरहरुमा जोखिम उच्च रहेको ज्योतिषको भनाई छ। ग्रह र ताराहरुको खराब अवस्थाले पनि सलमान र उनको परिवारले थप सावधानी अपनाउनुपर्ने देखिएको ज्योतिषले उल्लेख गरेका छन्।
सन् २०२७ को मध्यदेखि भने उनको जन्मकुण्डलीको प्रमुख नकारात्मक कुराहरु हराएर सकारात्मक अवस्था आउने दाबी ज्योतिषको छ।

ज्योतिष गुरुजीका अनुसार सलमानको जन्मकुण्डलीमा सन् २०२४ मा मंगल, राहु र शनीको प्रभाव बढी भएको उनका लागि राम्रो अवस्था छैन। मंगलको राहुसँगको सम्बन्धले तनाव र चिन्ताको अवस्था देखिएको यो समयवाधिमा सलमानले आफूलाई असहज महशुस गर्नेछन्। यी दुई ग्रहको मिलनले मानिसको जीवनमा अशान्ति ल्याउने सर्वविदितै छ। ज्योतिष गुरुजीले सलमानलाई केही समयका लागि यात्रा नगर्न सल्लाह दिएका छन्।

Logo