४४ दिनमा सकियो ‘द्रौपदी’को सुटिङ

४४ दिनमा सकियो ‘द्रौपदी’को सुटिङ

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । फिल्म ‘द्रौपदी’ सुटिङ ४४ दिनमा सकिएको छ । फागुन अन्तिममा डोल्पाको दुनै, कालिका मन्दिरमा मुर्हत गरी छायाङ्कन थालिएको फिल्मको शुक्रबार शे फोक्सुण्डो तालमा ‘इन्ड क्ल्याप’ गरिएको हो ।

करिच चार बर्ष लगाएर स्क्रिप्ट लेखिएको फिल्ममा आश्विनी शाही, गायक रबि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु (सुवास) ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारीलगायतको अभिनय छ ।

ऋषिराज आचार्यको निर्देशन रहेको फिल्ममा मोहनकुमार झिल्लुको छायांकन, रबि ओडको संगीत, विजय आचार्यको कला निर्देशन र अनिल महर्जनको सम्पादन छ । फिल्मको निर्मातामा निर्देशक आचार्य, विष्णु (सुवास) ठडराई र प्रकाश ज्ञवाली तथा खेमराज भण्डारी र ऋतु आचार्य सहनिर्माता छन् ।

आरबी मुभीजको ब्यानरमा निर्माण भएको फिल्मको स्क्रिप्ट निर्देशक आचार्यले नै लेखेका हुन् ।

Logo