रियल लाइफमा डिभोर्स भएलगत्तै रिल लाईफमा पनि रिचाको डिभोर्स

रियल लाइफमा डिभोर्स भएलगत्तै रिल लाईफमा पनि रिचाको डिभोर्स

केन्द्रबिन्दु
126
Shares

गीतकार विष्णुकुमार गिरीको नयाँ गीत ‘गुनासो’ सार्वजनिक भएको छ । गिरी आफैंले शब्द रचना गरेको गीतमा कमल विष्टले स्वर तथा संगीत भरेका छन् ।

गीतको भिडियोमा प्रजित तिमल्सिना, ऋचा न्यौपाने र विश्वराम तिमल्सिना फिचर्ड छन् । भिडियोमा सम्बन्धमा आउने उतारचढाव, विश्वास र धोकाको भाव प्रस्तुत गरिएको छ, जसमा प्रजित र ऋचाको डिभोर्स भएको देख्न सकिन्छ । हुन त ऋचाले वास्तविक जीवनमा पनि हालै डिभोर्सकाे पीडा भाेगेकी छन् । उनले गायक निशान भट्टराईसँग डिभोर्स गरेकी हुन् ।

बिमले निर्देशन गरेको यो भिडियोमा प्रकाश खड्काको छायांकन रहेको छ भने विकास ज्ञवालीले सम्पादन गरेका छन् ।

Logo