लगानीकर्ताले चासो नदिँदा संकटमा ‘रामायण’

लगानीकर्ताले चासो नदिँदा संकटमा ‘रामायण’

केन्द्रबिन्दु
56
Shares

मुम्बई । लामो समयदेखि चर्चामा रहेको फिल्म ‘रामायण’ माथि संकटको बादल बढ्दै गएको छ । हाल छायांकनमा रहेको बताइए पनि तीन दिन यता यो फिल्म मुम्बईको कुनै पनि स्टुडियोमा छायांकन गरिएको छैन । धेरैले फिल्म अब बन्द हुने अवस्थामा पुगेको दाबी गरेका छन् ।

निर्माता मधु मन्टेनाले निर्देशक नितेश तिवारीसँग मिलेर फिल्म ‘रामायण’को काम सन् २०१९ बाट सुरु गरेका थिए । त्यो समयमा यो फिल्म तीन भागमा निर्माण गरिने घोषणा भएको थियो । घोषणा अनुरुप फिल्मको काम सुरु भएको भनिए पनि लगानीकर्ताको अभावमा आधिकारिक रुपमा काम अगाडि बढ्न सकेको छैन । केही दिनअघि मात्र फिल्म दुई भागमा निर्माण हुने खबर बाहिर आएको थियो । अहिले फिल्मको सम्पूर्ण कारोबार प्राइम फोकस र उनीसँगै अभिनेताबाट निर्माता बनेका यशले सम्हालिरहेका छन् ।

फिल्मका हालका निर्माताले कानूनी विवादबाट बच्न र आफ्नो सम्बन्धलाई अझ खराब हुनबाट जोगाउनका लागि भइरहेको फिल्मको काम पनि रोक्न सुझाव दिएका छन् । केही महिना अघि फिल्म ‘रामायण’को लुक टेस्टका लागि लिइएको तस्वीर र भिडियोमार्फत फिल्मको सुटिङको प्रचार भइरहेको भन्दै प्रचार गरिएको थियो । निर्माण पक्षले भिडियो र तस्वीरको प्रचार गरेर देशी विदेशी लगानीकर्ता आकर्षित गर्ने उद्देश्य राखे पनि फिल्मका लागि ठूलो स्टुडियो वा विदेशी लगानीकर्ताले रुची देखाएका छैनन् ।

फिल्मको बजेट सय मिलियन बताइएको छ । फिल्म रिलिज गर्नका लागि प्राइम फोकसले केही विदेशी कम्पनीसँग कुराकानी गरे पनि कसैले चासो देखाएका छैनन् । लगानीकर्ता नभएकै कारण निर्माण पक्षले हालसम्म कलाकार र प्राविधिकको नाम आधिकारिक रुपमा सार्वजनिक गर्न सकेका छैनन् ।

Logo