‘खुस्मा’को छायांकन ४० दिनमै सकियो, असोज ३ गते रिलिज

‘खुस्मा’को छायांकन ४० दिनमै सकियो, असोज ३ गते रिलिज

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको फिल्म ‘खुस्मा’को छायांकन ४० दिनमा सकिएको छ । पहिलो चरणमा मनाङमा छायांकन गरिएको फिल्मको दोस्रो चरणको छायांकन पूर्वी रुकुम र कास्कीमा गरिएको हो ।

निर्माण पक्षका अनुसार फिल्मको एक गीत छायांकन गर्न बाँकी छ । मगर समुदायको परिवेशमा निर्माण गरिएको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा अशोक थापा मगरको लेखन तथा निर्देशन छ । केही वृत्तचित्र निर्माण गरेका मगरको यो ‘डेब्यू’ निर्देशकीय फिल्म हो । निर्देशक थापाले नौं वटा विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवबाट अवार्ड प्राप्त गरिसकेका छन् ।

फिल्मका निर्मातामा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतान मगर तथा सह–निर्मातामा मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् । मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दिपक बज्राचार्यको छायांकन रहेको छ ।

फिल्ममा धिरज र उपासनासँगै माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरलगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रहेको छ । फिल्म असोज ३ गतेबाट नेपालसहित विदेशमा पनि एकसाथ रिलिज हुनेछ । फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।

Skip This
Logo