अञ्जु पन्त र प्रताप दासको स्वरमा‘तिमीसँग’ सार्वजनिक[भिडियाेसहित]

अञ्जु पन्त र प्रताप दासको स्वरमा‘तिमीसँग’ सार्वजनिक[भिडियाेसहित]

केन्द्रबिन्दु
3
Shares

काठमाडौं। नेपाली चलचित्र ‘बर एन्ड वधू’को पहिलो गीत ‘तिमीसँग’ सार्वजनिक भएको छ। गीतमा अन्जु पन्त र प्रताप दासको स्वर, अर्जुन पोखरेलको सङ्गीत र लेखु सहयात्रीको शब्द रचना रहेको छ।

यसको भिडियोमा चलचित्रका दुई प्रमुख कलाकारहरू आँचल शर्मा र विवेक कर्माचार्य रोमान्टिक भावमा देखिएका छन्। यसमा कविराज गहतराजको कोरियोग्राफी, सुदिप बरालको छायाङ्कन रहेको छ। भिडियो रोमानियाको लोकेसनमा छायाङ्कन गरिएको छ।

भदौ १४ गते रिलिज हुने यो चलचित्रका निर्देशक मिलन चाम्स हुन्। यसमा विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, सृष्टि खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रवीन्द्र खड्का, अंशु महर्जन, सिता न्यौपाने लगायतका कलाकारहरूको पनि अभिनय छ। जानुका थापा निर्माता, अमित रिजाल कार्यकारी निर्माता हुन्।

यसमा सुदिप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन, हिमाल केसीको एक्सन, कविराज गहतराज र सुस्मिता वाइबाको कोरियोग्राफी, प्रदीप भारद्वाजको लेखन छ।

Skip This
Skip This
Logo