विराज भट्टको बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ’को टिजर सार्वजनिक

विराज भट्टको बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ’को टिजर सार्वजनिक

केन्द्रबिन्दु
189
Shares

अभिनेता विराज भट्टको बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ’को टिजर सार्वजनिक भएको छ ।

निर्माणपक्षले आज सार्वजनिक गरेको टिजरमा एक्सनलाई प्राथमिकता दिइएको छ, जसमा विराज भट्टसहित समिर भट्टलगायत फिचर्ड छन् । समिर विराजका छोरा हुन् । उनको यही चलचित्रबाट डेब्यू हुन लागेको हो ।

विराज भट्टको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘१२ गाउँ’बाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गर्दैछन् ।

सिनेमामा विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंगशाही, भिष्म जोशी, शुलेमान शंकर इकु, तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री रकविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । फिल्म दसैंको फूलपाति अर्थात असोज २४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

Skip This
Skip This
Logo