मिस एण्ड मिसेस यूनिर्भसलको अडिसन सकियो, ७५ प्रतियोगीबाट छानिए ३५ जना

मिस एण्ड मिसेस यूनिर्भसलको अडिसन सकियो, ७५ प्रतियोगीबाट छानिए ३५ जना

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । विवाहित र अविवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस यूनिर्भसल २०२४ को अडिसन सकिएको छ । गएको शनिबार काठमाडौँको अनामनगरस्थित युनियन हाउसको हलमा सहभागी ३५ प्रतिस्पर्धीहरूको अडिसन गरिएको थियो । मिस एण्ड मिसेस यूनिर्भसलको तेस्रो संस्करण हो ।

प्रतियोगितामा नेपालका सात वटै प्रदेश गरी डिजिटल अडिसनमार्फत ७५ प्रतियोगीबाट छानिएर ३५ प्रतियोगीहरूको अडिसन सम्पन्न भएको कार्यक्रमकी संयोजक अमृता राईले जानकारी दिइन् । तेस्रो संस्करणका लागि अफिसियल कोरियोग्राफर दिक्पाल कार्की र असिस्टेन्ट कोरियोग्राफर परिका भण्डारी रहेका छन् । यस्तै आयोजक कम्पनी स्पार्कल इन्टरटेन्मेन्टकी अध्यक्ष नितु श्रेष्ठले मिस एण्ड मिसेस यूनिर्भसलले विवाहित र अविवाहित महिलाहरूको बौद्धिक क्षमतामा बृद्धि गर्ने बताउँछिन् ।

श्रेष्ठले महिलाहरू पुरुषसरह समाजमा काम गर्न सक्ने र कुनै पनि ठाउँको नेतृत्व सम्हाल्न सक्छन् भन्दै विशेषगरी विवाहित महिलाहरूलाई घरभित्रसँगै बाहिरको काममा पनि उत्तिकै क्षमतावान् बनाउने उद्देश्य कार्यक्रमको रहेको जानकारी दिइन् । अडिसनमा हास्य कलाकार पल्पसा डंगोल (चम्सुरी), कोरियोग्राफर दिक्पाल कार्की, अभिनेता मनिस राउत, प्रयाङस्टार एलिस राई र हास्य कलाकार साथै जादुगर राजेन्द्र गिरी निर्णायक मण्डलको भूमिकामा रहेका थिए ।

Logo