चर्चित गायक प्रकाश ओझाको निर्देशनमा ‘आमाविनाको गाउँ’ सार्वजनिक [भिडियोसहित]

चर्चित गायक प्रकाश ओझाको निर्देशनमा ‘आमाविनाको गाउँ’ सार्वजनिक [भिडियोसहित]

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । चर्चित गायक प्रकाश ओझाको नयाँ वेब सिरिज आमाविनाको गाउँ युट्युवमा सार्वजनिक भएको छ । यसको पहिलो सिजनमा दुई भाग सोमबार नै युट्युवमा सार्वजनिक भएको हो ।

ओझाका अनुसार प्रत्येक सिजनमा एकै पटक दुई भाग हाल्ने योजना रहेको छ । यसको एक सिजनमा २ भन्दा बढी भाग पनि प्रशारण हुनसक्ने ओझाले बताएका छन् । यसको सुटिङ धनकुटाको डाँडा बजारमा भएको छ ।

सिरिजमा प्रकाश ओझा, प्रकाश सुब्बा, आयुब केसी, दिनेश कोइराला, मेनुका गिरी, सुपर सुरेश, ऋषि नेपाल, क्षितिज अधिकारी, महेन्द्र घिमिरे, सरस्वती घिमिरे र प्रेम भण्डारीको अभिनय रहेको छ । यसमा कथा निर्देशन स्वयम् ओझाको रहेको छ ।

Logo