एलिना चौहानको स्वरमा रहेको मनमा फुल्ने माया बोलको गीत सार्वजनिक

एलिना चौहानको स्वरमा रहेको मनमा फुल्ने माया बोलको गीत सार्वजनिक

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । गायक कर्णराज गिरी र गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘मनमा फुल्ने माया’ सार्वजनिक भएको छ ।

सन्तोष जंग थापाको शब्द, मनोज डंगोलको संगीत रहेको गीतमा मनोज डंगोलको एरेन्ज तथा मिक्सिङ र मास्टरिङ छ ।

गीतको भिडियोमा राज आरएस कार्की र एलिसा न्यौपानेको अभिनय छ । भिडियोमा राज र एलिसाले एकअर्कालाई गर्ने मायाको कथा देखाइएको छ । सुन्दर लोकेसनमा छायांकन गरिएको भिडियोमा राज र एलिसाको जोडी निकै सुहाउँदिलो देखिएका छन् ।

भिडियोमा निराजन केसीको क्यामरा, ड्रोन, सम्पादन र कलर, अनिताको मेकअप, हेमन्त लामिछानेको कोरियोग्राफी तथा जगत रेग्मीको निर्देशन छ । फोर के मिडियामा भिडियोको पोस्ट प्रोडक्सन गरिएको हो । गीतको प्रस्तुतकर्ता हरि शर्मा हुन् ।

Logo